नेकपाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन हुँदैन : लालबाबु पण्डित

lalbabu-pandit
  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा नेता लालबाबु पण्डितले पार्टी एकता कठिन भए पनि सम्भावना भने समाप्त नभएको बताएका छन्। पण्डितले नेकपा बहुमत प्राप्त पार्टी भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान नहुने बताएका छन्।

उनले बहुमत प्राप्त पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाँदा जनमतको अपमान हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत बिहीबार पण्डितले नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएको अवस्था आएमा आफू सदैव यसको विरोधामा उत्रने जिकिर पनि गरे।

‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउँन जान हुँदैन। यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस। मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराउँछु,’ उनले लेखेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको निर्णयलाई मंगलबार सर्वोच्च अदलतले उल्टाइदिएको छ। प्रधानमन्त्रीको कदमपछि नेकपा विभाजित भएको छ भने पुनर्स्थापनापछि नेकपाका दुवै समूह कांग्रेसलाई प्रधानमन्त्री बनाउन लागिपरेका बेला नेता पण्डितले यस्तो प्रतिक्रिया दिएका हुन्।

नेकपामा दुई खेमा देखिए पनि हालसम्म नेता पण्ठित भने कुनै पक्षमा लागेका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्