भारत र पाकिस्तानका सेनाबीच भयो यस्तो सहमति

Kasmir_army
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भारत र पाकिस्तानका सेनाबीच जम्मुकस्मिरको नियन्त्रण रेखा एलओसीमा युद्धविराम गर्ने सहमति भएको छ। एलओसीमा पहिल्यै भएको युद्धविरामको सम्झौता कार्यान्वयन गर्न दुवै देशका सेना छलफलपछि सहमत भएका छ।

बीबीसीका अनुसार बिहीबार मध्यरातदेखि अब भारत र पाकिस्तानका सेनाले एलओसीमा गोलाबारी गर्ने छैनन्। जम्मु-कस्मिरमा दशकौं यता पाकिस्तान र भारतबीच विवाद जारी छ। भारत र पाकिस्तान दुवैको स्वामित्वमा यस क्षेत्रका भूभाग पर्दछन्।

पाकिस्तानले जम्मु-कस्मिरको भविष्य त्यहाँकै जनतालाई फैसला गर्न दिनुपर्ने भारतलाई दबाब दिँदै आएको छ। जनमत संग्रहबाट उनीहरुलाई आत्मनिर्णयको अधिकार प्रदान गरिनुपर्ने पाकिस्तानको भनाइ छ। तर भारतले सन् २०१९ मा जम्मु कस्मिरलाई दिँदै आएको विशेषाधिकार हटाएर त्यसलाई केन्द्र शासित बनाएको छ।

यस कार्यले पाकिस्तान चिँढिएको छ। जम्मु-कस्मिर मुस्लिम बाहुल क्षेत्र हो। आत्मनिर्णयको अधिकार दिए जम्मु-कस्मिर पाकिस्तानसँग मिल्ने विश्लेषण गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्