कमदारहरुले कतारमा तीन पटकसम्म रोजगारदाता फेर्न पाउने

katar kamdar nepali
  • 21
    Shares
लोकपाटी न्यूज

एजेन्सी । कतारमा कामदारले तीन पटकसम्म रोजगार दाता परिवर्तन गर्न पाउने भएको छ। कतारको सुरा काउन्सीलले विदेशी श्रमिकलाई प्रकृया पुरा गरेको खण्डमा तिन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न सिफारिस गरेको हो।

काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्ला बिन जैद अल महमूदको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो प्रस्ताव राखेको बताइएको छ। यसैगरि कतारको नयाँ श्रम नियम अनुसार अब घरेलु कामदार तथा अन्य श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल तोकिएको छ।

यो नयाँ तलबमान सँगै त्यहाँ काम गर्ने विदेशी कामदारको मासिक तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय कतारी रियाल हुनेछ। हाल कतारमा विभिन्न पेशामा संलग्न नेपालीहरुको संख्या ३ लाख १२ हजार ६५० रहेको र यिनमा ११ हजार ९० जना महिला कामदारहरु रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ।