हल अफ फेम सिजन २ को सेमिफाइनल आज

Semi-Final-
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको प्रतिभा प्रोत्साहन कार्यक्रम नेपाल बाहिरबाट सञ्चालन गरिएको सबैभन्दा ठूलो गायन प्रतियोगिता हो। अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेमको सिजन २ निष्कर्षतिर अघि बढेको छ। गएको जनवरी पहिलो साताबाट सुरु भएको कार्यक्रममा सयौं प्रतिस्पर्धीको होडमा उत्कृष्ट ५० छानिएका थिए।

ति उत्कृष्ट ५० मध्येबाट टप २७, टप ९ हुँदै शुक्रबार टप ६ प्रतिस्पर्धीहरुको गायनकला हेर्न पाइनेछ। टप ६ मा को पुगेको छ भन्ने थाहा पाउन आज शुक्रबारको हल अफ फेमको एपिसोड हेर्नुपर्ने हुन्छ।

यसको सेमिफाईनल र फाईनललाई भव्यताका साथ अघि बढाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले बताए। योन्जनको भनाई थियो, “पहिलो सिजन हामीले मेलबर्नमा मात्रै सीमित राखेर यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न कभर सेसन गरेका थियौं। दोश्रो सिजनमा आएर हामीले अनलाईनमार्फत विश्वभरका प्रतियोगीहरुलाई समेट्ने अवसर पायौं।’

हल अफ फेम सिजन २ मा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमाल रहेका छन्। विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नै प्रतियोगितामा जोडिएका छन भने दिप श्रेष्ठ धरानबाट स्टुडियोमा उपस्थित भई प्रतिस्पर्धीहरुको गायन प्रतिभाको मूल्यांकन गर्नेछन्। हल अफ फेममा विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्