महिला लघुवित्तको आईपीओ बाँडफाँट, कति प्रतिशतले पाए आईपीओ ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ। कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ता आइपीओ हात पारेका छन्।

यस्तै लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ। त्यसैगरी सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ।

उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरिएको हो।

लघुवित्तमै हालसम्मकै धेरै भरिएको आईपीओ सीमित संख्यामा निष्काशन भएको थियो। उच्च आवेदनका कारण जम्मा साढे २ प्रतिशत आवेदकले मात्रै आईपीओ पाएका हुन्।

आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध भएका थिए। लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्