प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेट

  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ ७ः१० देखि ८ः४५ बजेसम्म भेटवार्ता भएको हो।

सर्वोच्चको अदालतको फैसलापछि देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास गएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्