ज्योति लाईफको आईपी निष्कासन फागुन २३ गते

IPO
  • 52
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको हाे। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ । यस आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।यस्तै कुमारी क्यापिटल लिमिटेडले आज (फागुन १४ गते, शुक्रबार) देखि “कुमारी इक्विटी फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेको छ । यो दशवर्षे बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आज (फागुन १४ गते, शुक्रबार) देखि फागुन १८ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।