८ करोड इकाईकाे ‘कुमारी इक्विटी फन्ड’ आजदेखि बिक्री खुल्ला

  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कुमारी क्यापिटलले ‘कुमारी इक्विटी फन्ड’ को ८ करोड इकाई शुक्रबार (फागुन १४ गते) देखि बिक्री खुला गरेको छ। कुल इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याइएको छ। बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ। सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ।

कुमारी इक्विटी फन्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा भने फागुन २८ गतेसम्म भर्न सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो। कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो।