सुनवलमा चौथो मेयर कप फुटवल प्रतियोगिता सुरु

miyera cup
  • 34
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/पश्चिम नवलपरासी, १४ फागुन। पश्चिम नवलपरासीको सुनवलमा बिहीबारदेखि चौथो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ। बाजागाजा र खेलाडीहरको मार्चपाससहित सुनवल नगरपालिका वडा नम्वर ६ को खेल मैदानमा सुनवल नगरपालिकाका नगरप्रमुुख भिमबहादुर थापाले चौथो मेयर कप फुटवलको उद्घाटन गरेका हुन्।

प्रतियोगिता संयोजक एवं सुनवल वडा नम्बर ६ का वडाध्यक्ष रामप्रसाद लामा तामाङ्गको अध्यक्षता तथा नगर उपप्रमुख ददिराम अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेल, उपसभापति अर्जुनकुमार पोखरेललगायत जनप्रतिनिधी, राजनैतिक दल,संघसंस्थाका प्रतिनिधि खेलपे्रमीहरुको उपस्थिति रहेको थियो।

उद्घाटनसंगै सुरु भएको पहिलो खेलमा वडा नम्वर १० ले विजयी यात्रा सुरु गरेको छ। वडा नम्बर ७ लाई शून्यका विरुद्ध २ गोल गर्दै वडा नं १० विजय भएको हो। शुक्रबार आज वडा नम्बर ८ र वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुने छ। १३ वटा वडाबाट ‘समूह ए र समूह बी’ गरी १३ टिम सहभागिता रहेको छ। प्रतियोगिताको विजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी २५ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्