तीन कम्पनीकाे शेयर मूल्य समायोजन

  • 25
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। साधारणसभाको लागि आज शुक्रबार र भोली शनिवार बुक क्लोज गरेका ३ कम्पनीको शेयर मूल्य समायोजन भएको हो। जस अनुसार आज नेशनल माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त र गणपतिको लघुवित्तको शेयर मूल्य समायोजन भएको हो।

नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ। समायोजन पछि कम्पनीको शेयर मूल्य २७ सय ४८ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३३ सय ३५ थियो। त्यस्तै गणपति लघुवित्तको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १५ सय ४२ कायम बह्येको छ।

समायोजन अघि कम्पनीको शेयर मूल्य १७७३ थियो। त्यस्तै स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य १३ सय १५ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १४७८ थियो ।

फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले चैत्र ५ गते साधारणसभा बोलाएको छ।

त्यस्तै स्वरोजगार लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १२.३९ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगद गरि कुल १३.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले फागुन २९ गते साधारणसभा बोलाएको छ।

गणपति लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २८ गते साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा ति लाभांश वितरण हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्