सालपा विकास बैंकमा कर्मचारी माग

Job Wanted
  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सालपा विकास बैंक लिमिटेडले केही कर्मचारी माग गरेको छ। बैंकले आज शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक, कार्यालय सहयोगी र बाइक राइडरका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पुरा भई ३५ वर्ष नकटेकाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

महिला उम्मेदवारको हकमा भने उमेर हद ४० वर्ष नकटेको भनिएको छ। बैंकले  अधिकृत चार जना, सूचना प्रविधि अधिकृत एक जना, वरिष्ठ सहायक, कार्यालय सहयोगी र बाइक राइडरका लागी आवेदन माग गरेकाे हाे। परिक्षा तालिका भने सूचना प्रकाशित भएकाे १६ दिनमा बैंककाे सुचना पाटीमा प्रकाशित गर्ने पनि बैंकले जानकारी दिएकाे छ।

हेर्नुहाेस सूचना:-

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्