सिद्धाथ बैङ्क र त्रिसारा बारबीच ग्राहकलाई १०% छुट दिने सम्झाैता

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सिद्धाथ बैङ्क लिमिटेड र काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थित त्रिसारा रेस्टुरेन्ट एन्ड बार बीच बैङ्कका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार बैङ्कका ग्राहकहरुले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत खाना तथा बेभरेजका लागि भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ।