आईपिओ निष्काशन गर्दै राष्ट्र उत्थान लघुवित्त

  • 38
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। राष्ट्र उत्थान लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित दोस्रो साधारणसभा आह्वान गरेको छ।

कम्पनीले चैत्र ८ गते आइतबार सभा आह्वान गरेको हो। सभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ। कम्पनीले हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। त्यस्तै सभामा मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने दोस्रो विशेष प्रस्ताव पेश हुने छ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने सामान्य प्रस्ताव पेश हुने छ। त्यस्तै अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेश हुने छ।

लघुवित्तको संस्थापकमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल ग्रामिण विकास संस्था लगायत रहेका छन्।