न्यायाधीशलाई ईश्वर पोखरेलकाे गाली

Ishwor_Pokhrel
  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला दुःखद् भएको बताएका छन्। शुक्रबार ओली समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूको बृहत् कार्यकर्ता भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सर्वोच्चको फैसलाले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप समेत लगाए।

प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्ने उद्देश्यले जनतामा जाने ऐतिहासिक निर्णय गरेपनि त्यसलाई सर्वोच्चले उल्ट्याएको भन्दै उनले आक्रोश पोखे।

‘यो फैसलाले राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक विकासमा बाधा पुर्‍याउने, अराजकतालाई बढावा दिने, मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने काम हुनेछ। सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई फोहोरी आहालतर्फ धकेलेको छ। उनले भने, हामी सबैले त्यो फैसलाप्रति दुःख व्यक्त गर्नुपर्छ।’

उपप्रधानमन्त्री पोखरेलले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशलाई गाली गर्दै आक्रोश पोखे। सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएको उनले बताए।
उनले भने, ‘तिमीभन्दा धेरै शक्तिशाली न्यायाधीशहरु जनता हुन्। तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैछ, त्यही दुर्भाग्यतर्फ जानको लागि प्रेरित गरेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्