बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ। प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकमा प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने जनाइएको छ। सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी यही विषयमा छलफल गरेको बुझिएको छ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च्ले १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो। आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्