विभाजनका खलपात्र राखेर कम्युनिष्ट पार्टी बन्दैन : रामकुमारी झाँक्री

Ramkumari jhakri
  • 4.6K
    Shares
लोकपाटी न्यूज

बागलुङ। प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले बताएकी छन्। बागलुङमा आयोजित एक सभालाई सम्बोधन गर्दै नेत्री झाँक्रीले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको बताइन्।

‘खेलको नियम हुन्छ, समय हुन्छ। आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन्। थप गोल गर्ने समय सकिएको छ,’ उनले भनिन्। अब पार्टी विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी बन्ने झाँक्रीले बताइन्।

तर, अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु नहुने उनले बताइन्। झाँक्रीले पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने बताइन्।

निर्वाचन आयोगलाई पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन पनि उनले आग्रह गरिन्। केपी ओलीको चिन्ता नगरी बहुमत केन्द्रीय सदस्य रहेको नेकपालाई वैधानिकता दिनुपर्ने झाँक्रीको भनाइ थियो। केपी ओलीले त किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्