मुलुकलाई मध्यावधि चुनावमा धकेलेरै छोड्छौं : रायमाझी

Top Bdr Rayamajhi
  • 569
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ओली समूहका नेता टोपबहादुर रायमाझीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मुलुक मध्यावधि चुनाव जाने दाबी गरेका छन्। काठमाडौंमा शुक्रवार अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले संसदबाट ओलीविरुद्धको अविश्वासको प्रस्ताव पास हुन नसकेर अर्को सरकार नबने मुलुक मध्यावधि चुनावमा जाने बताएका हुन्।

संसदले नयाँ सरकार दिन नसक्ने भएकोले सबैभन्दा बलियो सम्भावना भने मध्यावधि चुनावको रहेको उनको भनाई छ। ‘अविश्वासको प्रस्ताव फेल भयो र कसैले कसैको सरकार बनेन भने फेरि पनि मध्यावधि चुनावमा जाने सम्भावना पनि त्यत्तिकै छ,’ रायमाझीले भने, ‘र, त्यो परिस्थिति एक नम्बरमा छ।’

यदि नयाँ सरकार बने पनि केपी शर्मा ओलीको नेतृत्वमा बन्ने उनको दाबी छ। तर प्रचण्ड-नेपाल समूहले सरकार बनाउने सम्भावना न्यून रहेको उनले बताए। ‘चौथो सम्भावना भनेको हामीलाई छोडेर गएका साथीहरूले सरकार बनाउने सम्भावना छैन,’ रायमाझीले भने, ‘अरू कुनै पार्टीले मानिदिएन, उहाँहरू आफ्नो घरमा फर्किनुभएन भने यही सरकार चलिरहन्छ। यो सरकार अघि बढिरहन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्