विश्वका ५० उत्कृष्ट सर्भेयरमा नेपालका “खिमलाल गौतम”

  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। भु-बैज्ञानीक हरुको अन्तरास्ट्रीय निकाय जीयो स्पासियल वल्ड ले गरेको स्वतन्त्र सर्भेक्षणमा  नापी विभागका प्रमुख नापी अधिकृत (उपसचिव) ई. खिमलाल गौतम संसारभरका चर्चित र उत्कृष्ट काम गरेका भू-बैज्ञानिक (सर्भेयर) हरू मध्य सर्वोत्कृष्ट ५० भित्र पर्न सफल भएका छन् ।बर्षेनी आफ्नो विधामा अत्यन्त साहासिक,नबिनतम र अलौकिक कार्य गर्ने व्यक्तिहरुको उत्कृस्ट सुची सार्बजनिक गर्ने क्रममा संस्थाले सन् २०२१ को सुचिमा गौतमलाई पनि समाबेस गरेको हो।

जीयो स्पासियल वल्डले हिजो आफ्नो वेबसाईट मार्फत सार्वजनिक गरेकाे उक्त सुचिमा नेपाल सरकारको नापनक्सा गर्ने आधिकारीक निकाय नापी बिभागको इतिहास मा पहिलाे पटक संसारभरका चर्चित र उत्कृष्ठ कार्य सम्पादन गर्ने उत्कृष्ठ ५० भित्र पर्ने निज गौतम पहिलाे व्यक्ति समेत हुन्।

मोनयन सार्बजनिक गर्दै जियोस्पाईटल ले गौतमको बारेमा लेखेको छ “सन् २०१९ मा सगरमाथाको पुन: मापन टोलीको खिमलाल प्रमुख सर्वेक्षणकर्ता थिए। उनी विश्वमा एक मात्र सरकारी कर्मचारी र सर्वेक्षणकर्ता हुन् जसलाई यस पहाडमा दुई चोटि नाप गरेको छ। हालसम्म उनी नेपाल सरकारबाट हिमाल आरोहण गर्ने उच्च पदस्थ सरकारी अधिकारी हुन्। उनका स्नातकोत्तर भौगोलिक सूचना विज्ञान र सिर्बस यूनिवर्सिटीबाट प्रणाली, स्नातकमा पूर्वाञ्चल विश्वविद्यालयबाट जियोमेटिक्समा स्नातक छन्। विभागका लागि भू भूगर्भीय सर्वेक्षणको अतिरिक्त उहाँ भूमि व्यवस्थापनको लागि दिशानिर्देश र नीति पनि तयार पार्नुहुन्छ।”

कास्की जिल्ला माछापुछ्रे गाउँपालिकाका ई. गौतम हाल नेपाल सरकारको नापी बिभाग अन्तर्गत उपसचिव पदमा “नापी कार्यालय कास्की” को कार्यालय प्रमुखको कार्यरत छन् ।गौतम नेपाल सरकारले आफ्नै श्रोत र साधन प्रयोग गरि सफलतापुर्बक सगरमाथाको उचाई मापन गर्ने टोलीका नेतृत्वकर्ता थिए, उक्त मापन बाट सगरमाथाको उचाई ८८४८ मिटर बाट बढेर ८८४८.८६ मिटर कायम भएको थियो ।