आईपीओको नतिजा हेर्नको लागि नयाँ वेबसाइट सञ्चालनमा

ipo
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ। आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो।

मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएको र धेरैजनाले एकैपटक हेर्दा चापका कारण अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो। अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।

ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरी बनाइएको लिमिटेडले जनाएको छ। मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन्।