स्पेनिस ला लिगा : बार्सिलोना र सेभिल्ला भिड्दै

Barcelona-vs-Sevilla pic
  • 7
    Shares
लोकपाटी न्यूज

काडमाडौं। स्पेनिस ला लिगा फुटबलमा शनिबार बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। खेल सेभिल्लाको घरेलु मैदानमा राति ९ बजे सुरु हुनेछ। सेभिल्लाविरुद्ध जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा रहेको आजको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ। कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लालाई २–० ले नतिजा सुम्पिएको बार्सिलोनालाई आज जित निकाल्न सहज छैन।

५० अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके रियल मड्रिडलाई १ अंकले पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ।
४८ अंक रहेको सेभिल्ला चौथो स्थानमा छ।

यसअघि आजै साँझ पौने ७ बजे एइबर र हुइस्का एकअर्काविरुद्ध मैदान उत्रँदा राति सवा ११ बजे अलाभेस र ओसासुना भिड्नेछन्। यस्तै, आज राति पौने २ बजे हुने अन्तिम खेलमा गेटाफे र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्