नेपालमा विदेशी चलखेल बढ्यो : कमल थापा

Kamal_Thapa
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकता जरुरी भएको बताए।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाइ गलत भएको पुष्टि भएको भन्दै उनले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको बताए। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लड्नु पर्दैन भन्नेहरू नै आज प्रजातन्त्र संकटमा पर्‍यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रति थापाको कटाक्ष गरे।

युवाहरूको सुनिश्चित भबिश्यको निमित्त नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्ने थापाको धारणा थियो। कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भयको बताए। बेरोजगारी, भ्रष्टाचार र विकृतिको अन्त्यको निमित्त नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा राणाको जोड थियो।

उनले राष्ट्रियता बलियो बनाउन र प्रजातान्त्रिक मूल्य मान्यता जोगाउनको निमित्त युवा पुस्ताले खबरदारी गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्