चौथो मेयर कप फुटवल : आज वडा नं ५ र ६ भिड्दै

game
  • 40
    Shares
लोकपाटी न्यूज

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुनवलमा जारी चौथो मेयर कप फुटवल अन्तर्गत शनिबार भएको खेलमा वडा नम्वर १ विजयी भएको छ।

वडा नम्वर ११ लाई पेनाल्टी सुटआउटमा १ का विरुद्ध ३ गोल गर्दै वडा नम्वर १ विजयी भएको हो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै समूहबाट १/१ गोल भई बराबर भएपछि खेललाई पेनाल्टी सुट आउटमा लगिएको थियो।

त्यस्तै आइतबार वडा नम्वर ५ र ६ का विच प्रतिस्पर्धा हुने अयोजकले जनाएको छ।प्रतियोगिताको विजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी २५ गते सम्म संचालन हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्