मौसम पूर्वानुमान : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

mausam water
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।