‘बी’ डिभिजन लिग : आज दुई खेल हुँदै

B-division-ootball
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आइतबार पनि दुई खेल हुनेछन्। आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती तथा दोस्रो खेलमा झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ।

‘बी’ डिभिजन लिगअन्तर्गत हिजोका दुबै खेल गोल रहित बराबरीमा सकिएका छन्।ललितपुरस्थित एन्फा मैदानमा सम्पन्न पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र दोस्रो खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेका हुन्।

हिजोका खेलहरुपछि बि डिभिजन लिगमा ७ खेलबाट १९ अंक जोडेको सातदोबाटो युथ क्लब शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको खुमलटारको १६ अंक छ। तेस्रो स्थानको बाँसबारीको १५ अंक छ। १२ टोली सहभागि बि डिभिजन लिग फुटबलमा मध्यपूर युथ एशोशिएशन र पुल्चोक स्पोर्ट्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्