अधिकार माग्नेलाई जेल हाल्ने काम निरंकुश शैली हो : राजेन्द्र महतो

Rajendra_Mahata
  • 51
    Shares
लोकपाटी न्यूज

धनगढी। राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि अन्तिम लडाईं लड्नुपर्ने बेला आएको बताएका छन्। पिछडिएका समुदायमाथि दमन नरोकिएकोले अन्तिम लडाईंको आवश्यकता रहेको उनले बताए।

‘अहिलेका शासकहरु अधिकार दिनेभन्दा कसरी अधिकार खोस्ने भन्नेमा बढी ध्यान लगाउन थालेका छन्,’ महतोले भने, ‘यसले पिछडिएका समुदायमाथि झनै दमन भएको छ।’ उनले नेपाली कांग्रेस, तत्कालिन एमाले, माओवादी र गच्छदार मिलेर थारु, आदिवासीलगायत पछाडि परेका समुदायको अधिकारलाई कुण्ठामा राखेर संविधान निर्माण गरेको आरोप लगाए।

‘देशमा लामो समयपछि संविधान बन्दा पिछडिएका वर्गले अधिकार पाउने ठूलो आसा गरेका थिए। तर त्यो संविधानले पिछडिएका सिमान्तकृत समुदायलाई झनै निरासा बनाएको छ। अधिकार माग्ने समुदायलाई जेल हाल्ने काम भएको छ। यो अन्याय हो, निरङ्कुश शैली हो,’ उनले भने।

उनले टिकापुर घटनालाई हिंसामा परिणत गराउन विभिन्न तत्वले भूमिका खेलेको आरोप लगाए। ‘थारुहरु पहिचानको आन्दोलन गरिरहेका बेला आन्दोलन असफल बनाउन ठूलो षड्यन्त्र भएको छ,’ महतोले भने, ‘आन्दोलनलाई दबाउन हिंस्रक बनाइयो, अनि अधिकार माग्नेलाई जेलमा कोचियो। यो थारुमाथिको अन्याय हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्