बाजुराको कोल्टिमा पहिलो पटक बस पुगेपछि स्थानीय खुसी

pic
  • 15
    Shares
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, १६ फागुन। बाजुरा जिल्लाको दुर्गम क्षेत्रमा रहेको कोल्टीमा आइतबार बस पुगेको छ। सदरमुकाम मार्तडीबाट कोल्टीमा पहिलो पटक बस पुगेको हो।

कोल्टीमा बस पुगेपछि त्यहाँका स्थानीय निकै खुशी भएका छन भने बस हेर्न स्थानीय बासिन्दाको भिड लागेको छ। स्थानीय केशब बोहोराका अनुसार सो बस बाजुराको कोल्टी हुँदै हुम्लासम्म नियमित चल्नेछ। कर्णाली प्रदेश ०२ ००१ ख ०४०२ नम्मरको बस आइतबार कोल्टी पुगेको हो।

बस सेवा संचालनसँगै त्यो क्षेत्रका चार स्थानीय तह र हुम्ला जिल्लाका स्थानीयलाई आवत जावतमा सहज हुनेभएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्