न्याय माग्न अदालतमा जान्छु : कोमल वली

komal-oli-22
  • 576
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छन्। अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै उनले आफू अदालत जाने तयारी गरिरहेको जानकारी दिइन्।

नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए। एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए। पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन्। नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन्। ‘म अहिले दाङमा छु। उहाँले जसरी कोमल वलीले ‘सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको’ भन्नु भएको छ, यो उहाँको निच अभिव्यक्ति हो। उहाँले ममाथि मात्र होइन सफलता प्राप्ते महिलाका विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ,’ उनले भनिन्, ‘साथीभाइहरुसँग सरसल्लाह गर्दैछु। भोलिसम्म दाङमै व्यस्त छु। पर्सी काठमाडौंमा आइसकेपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार गरेको छु। म न्यायको लागि अदालतमा जान्छु।’

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन्। रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भएको छ। वली नेकपा ओली समूहमा खुलेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्