महिला लघुवित्तकाे शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त

  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। कम्पनीले आज (आइतवार) देखि नै लागू हुने गरी उक्त कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी दिएको हो।

कम्पनीले सर्वसाधारणका लागि फागुन १४ गते आईपीओ बाँडफाँट गरेको थियो। उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि सोहि मर्चेण्ट बैंकिङ लिमिटेडले पूरा गरेको हो। शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम यसै मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले सूचना जारी गरी जानकारी गराएको हो।

महिला लघुवित्तले सर्वसाधारणलाई आईपीओ विक्री गरी चुक्तापूँजी १० करोड पुर्‍याएको छ। सर्वसाधारणमा ४ करोड बरारबरको शेयर विक्री गरेको कम्पनीको यस अघि संस्थापकतर्फ ६ करोड बराबरको शेयरपूँजी चुक्ता गरेको थियो।

आईपीओ निष्कासन पश्चात कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ। कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ सम्ममा प्रतिशेयर आम्दानी ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ३१३ दशमलव १६ रहेको छ।

प्रतिशेयर नेटवर्थको तीन गुणासम्म धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ सम्म मूल्य तोकिने देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्