राष्ट्र उत्थान लघुवित्तकाे एफपीओ निष्कासन गर्ने तयारी

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्र उत्थान लघुवित्तले एफपीओ निष्कासन गर्ने तयारी गरेको छ। एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले चैत ८ मा एजीएम बोलाएको छ। कम्पनीले हाल कायम जारी पुँजीको ३२.६९% ले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्दैछ।

सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो २ बजे सुरु हुनेछ। सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ। यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेका छन्।