गृहमन्त्री थापाले हटाए स्वकीय अधिकृत

biru-tamang pic
  • 77
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन्। गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ।

ओली समूहको युवा संघको भेलामा बिरु लगायतले विद्रोह गरेका थिए । आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरु बादलसँग रुष्ट थिए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको थियो। त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए। तर, तामाङले बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्