कांग्रेसले व्यक्ति हेरेर कसैसँग सहकार्य गर्दैन : एनपी साउद

NP_saud
  • 18
    Shares
लोकपाटी न्यूज

धनगढी। नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेरनै पार्टीले संसदीय प्रक्रियामा सहभागिताका बारेमा निर्णय गर्ने बताएका छन्। धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेरनै पार्टी संसदीय प्रक्रियामा सहभागिताका बारेमा निर्णय गर्ने बताएका हुन्।

‘व्यक्तिका रुपमा हामी ओली प्रचण्ड कसैसँग सहकार्य गर्दैनौं। उहाँहरुको पार्टी विभाजन हुने हो भने नीति, कार्यक्रम र योजना भएको पार्टीसँग हाम्रो सहमति हुन्छ। कांग्रेसले मुलुकको सँविधान, प्रजातन्त्र सर्वोपरी राखेरमात्रै निर्णय गर्छ’ उनले भने। उनले अहिले कांग्रेस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिहरु नियालिरहेको पनि बताए।

नेकपाका दुबै पक्षबाट पटक-पटक सत्ता साझेदारीको प्रस्ताव आए पनि कांग्रेसका लागि प्रधानमन्त्री पद महत्वपूर्ण नभएको नेता साउदको भनाइ थियो। उनले नेकपाको विवाद टुंगो नलाग्दासम्म कांग्रेस सरकारमा जाने र एक समूहसँग नजिक तथा अर्को समूहसँग टाढा नहुने बताए।

‘नेकपाभित्रको विवाद इनार-किनार नभएसम्म सरकारमा जाने तथा एकसँग नजिक र अर्कोसँग टाढा हुने निर्णय हाम्रो पार्टीले गर्दैन,’ साउदले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्