ट्राफिक कार्यबिधी निर्देशिका जारी : ट्राफिकलाई शिष्ट, सभ्य र मर्यादित बनाइने

pic
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी गरेको छ । आइतबार महाशाखाले पत्रकार सम्मेलन गरी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो ।

निर्देशिकामा ट्राफिक कर्मचारीहरुबाट सडक र कार्यालयमा आउने सेवाग्राहीसँग गरिने आचरण, व्यवहारलाई थप शिष्ट सभ्य र मर्यादित बनाउने उल्लेख गरिएको छ।
निर्देशिका अक्षरसः पालना भएमा सेवा प्रवाह पारदर्शी, सरल सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।

निर्देशिका अनुरुप काम गर्ने ट्राफिक प्रहरीलाई पुरस्कृत गरिने महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए। पत्रकार सम्मेलका अवसरमा महाशाखाका प्रमुख जनक भट्टराईले आर्थिक प्रलोभनमा नपरि आफ्नो काम इमान्दारिपूर्र्वक गर्ने १७ जना विभिन्न दर्जाका ट्राफिक प्रहरी कर्मचारिलाई प्रति ब्यक्ती १ हजार रुपैया र प्रशंसा पत्र सहित पुरस्कृत गरे। ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने प्रवृत्तिलाई नै निरुत्साहित बनाउन सकेमा ट्राफिक नियमको उलङ्घनमा कमि आउने महाशाखाका प्रमुख भट्टराईको भनाइ छ।