विप्लव नेकपासँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री ओली

kp-sharma-oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन्। आइतबार झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग छिट्टै वार्ता हुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ। तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ।’ सरकारसँगको वार्ताका लागि तयार रहेको विप्लव नेकपाले यसअघि नै बताइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्