विप्लव नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुँदैछ : ओली

KP Sharma Oli
  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन प्रचण्ड-नेपाल पक्षलाई चुनौती दिएका छन्। गृहजिल्ला झापामा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् । ‘मैले सुनेको छु अविश्वासको प्रस्ताव ल्याएर हटाउने रे। ल ल्याएर हटाएर देखाउनुस्। अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्,’ उनले भने।

प्रमुख प्रतिपक्षीको ढोका ढकढकाउनेले आफ्नै दलभित्र अविश्वासको प्रस्ताव ल्याएर हटाउन उनले चुनौती दिँदै भने, ‘प्रभु संसद पुनःस्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन। प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो। विभिन्‍न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ।’ मुलुकमा भइरहेको विकासलाई देख्‍न नसकेर आफूलाई हटाउन खोजेको आरोप पनि उनले लगाए।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुने पनि बताए। उनले सरकारले छिट्टै उक्त पार्टीसँग वार्ता गर्ने बताए। उनले भने, ‘तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ।’ शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उनको भनाइ थियो।

नेपालको सत्ता नेपाल अनुकूल हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए। नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको केही समय अगाडिको एउटा सञ्चारमाध्यमको अन्तर्वार्तालाई लक्षित गर्दै उनले भने, ‘उहाँहरूका नेतृत्वमा सरकारले बने अरूलाई कम्फर्टेबल होला। तर नेपालका लागि टनटनाउने पिलोजस्तो हुनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्