एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ। चौथो संस्करणको प्रतियोगिता आगामी असोजमा आयोजना हुने भएको ईपीएल क्रिकेटले बताएको हो।

आयोजकले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेबाट असोज २३ गतेसम्म हुने जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएपछि आयोजकलाई सहज भएको हो।

‘नयाँ जोसका साथ मिति तय गरेका छौं, प्रतियोगिताका लागि क्यानले अनुमति दिएको छ, हामीले प्रतियोगिता सफल हुने आशा गरेका छौं,’ ईपीएलका एमडी आमिर अख्तरले भने। ‘‘नेपाल क्रिकेट संघले ईपीएलका लागि नयाँ मिति स्वीकृत गरेको छ। नयाँ मितिअनुसार ईपीएल ट्वान्टी-२० क्रिकेट प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ,’’ एभरेस्ट प्रिमियर लिगले ट्विटरमार्फत दिएको जानकारीमा उल्लेख छ।

यसअघि २०७६ चैत १ गतेबाट हुने भनिएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो। आयोजकले गत वर्ष फागुन २२ गते प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्