छोरी जन्मनेबितिकै बैंक खातामा पैसा

tulasipur
  • 22
    Shares
लोकपाटी न्यूज

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले चालु वर्ष जन्मिएका छोरीहरुको बैंक खाता खोली मासिक रकम जम्म्मा गर्न सुरु गरेको छ। छोरीलाई जन्मदेखि २० वर्षसम्म मासिक सय रुपैयाँ बैंक खातामा रकम जम्मा गरिदिने नीति छ। यो रकम उनीहरुले २० वर्षपछि एकमुष्ट बैकबाट निकाल्न पाउनेछन्।

नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई स्मार्ट नगरका रुपमा विकास गर्ने उद्देश्यअनुरुप ‘स्मार्ट छोरी’ कार्यक्रम लागू गरिएको बताए। यससँगैं १२ जनाको खातामा पैसा जम्मा गरिएको छ। बालिका शिक्षा प्रवद्र्धन र बालविवाह न्युनिकरणका लागि यो कार्यक्रम लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ।

छोरीहरुको सबलीकरणका लागि ‘स्मार्ट छोरी’ बिहेवारीको सशक्तिकरणका लागि ‘स्मार्ट छोरी’ बिहेवारी २० वर्ष पारि कार्यक्रमलाई अघि सारेको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बताएको छ। अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्