अमेरिकाको प्रस्ताव इरानले गर्‍यो अस्वीकार

iran-us
  • 9
    Shares
लोकपाटी न्यूज

एजेन्सी। इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ। इरानले आफूविरुद्ध लगाइको प्रतिबन्द नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको प्रस्ताव अस्वीकार गरेको हो।

सन् २०१५ मा भियनामा भएको आणविका सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा भंग गरेर आफूमाथि दवाव दिएको इरानको आरोप छ।

सो आणविक सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्ति उत्पादनलाई क्रमश घटाउँदै लैजाने बताइएपनि पालना नभएको भन्दै अमेरिकाले सम्झौताको एकतफी रुपमा भंग गरेको जनाएको थियो।

अमेरिकाको नेतृत्व परिवर्तन भएसँगै राष्ट्रपनि जो वाइडेनले आणविकका सम्झौतालाई नयाँ ढंगबाट लागू गर्ने बताएसँगै केही महिनाअघि इरानले वार्ता गर्न सकिने जनाएको थियो। तर राष्ट्रपति वाइडेनले सम्झौता पालना गुर्नपर्ने पहिलो शर्त भएको बताएसँगै इरान वार्ताबाट पछि हटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्