संसद बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाउने तयारी

pratinidhi_sabha_samsad
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संसद बैठक अघि नै सांसदहरुलाई कोरोना खोप दिइने भएको छ। सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको हो।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो। १९ गतेदेखि खोप लागाउनेमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य तथा संसद सचिवालयका कर्मचारी गरी जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ।

उनीहरुलाई काठमाडौंको सिभिल अस्पतालबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएकाले सो बैठक अघि नै सांसद तथा संसद सचिवालयका कर्मचारीलाई खोप दिन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्