सिन्धु विकास बैंकको साधारण सभा चैत ९ गते

  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। सिन्धु विकास बैंकले चैत ९ गते, सोमबार आगन्तुक रिसोर्ट प्रा. लि. बनेपा, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सभा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। कोरोनाको कारण सभा भर्चुअल मध्यमबाट हुने बैंकले जनाएको छ।

सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ।

बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने तथा थप फेरबदल गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्न सो सभा डाकेको हो।

साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। फागुन २७ गते महाशिवरात्री परेको हुनाले फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्