सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

Prachanda_Nepal_Nekapa
  • 104
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक अहिले बसिरहेको छ। बैठक सोमबार सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको हो।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आगामी राजनीति कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो। नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्। सर्वोच्च आदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड-नेपाल समूहले छलफललाई तीव्र पारेको छ।

अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन्। तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन्। यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठक बसेको एक नेताले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्