बैंक अफ काठमाण्डूले विशेष साधारण सभा डाक्यो, यस्ता छन् एजेण्डा

  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बैंक अफ काठमाडौँले विशेष साधारण सभा डाकेको छ। गत मंसिर १५ गते २६औं बार्षिक साधारणसभा गरेको बैंकले विशेष साधारणसभा डाकेको हो। साधारणसभाको मूख्य एजेण्डामा तीन जना सञ्चालकको निर्वाचन राखिएको छ। बैंकले चैत ३ गते विशेष साधारणसभा डाकेको हो।

साधारणभामा सहभागिता ‘जुम’ मार्फत गर्न सकिने बैंकले जनाएको छ। साधारणसलेभा सर्वसाधारण सेयरधनीका तर्फबाट तीन जना सञ्चालक चुनिने छन्। गत मंसिरमा भएको साधारणसभाबाट बैंकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस सेयर र करसहित ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश पारित गरेको थियो।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्