सुनको मूल्य बढ्यो, ताेलामा कति पुग्यो ?

  • 17
    Shares
लोकपाटी न्यूज

सुनको मूल्य आज (सोमबार) प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ।

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ८७ हजार ८५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको थियो।