फागुन २३ गते संसद बैठक बोलाउने सरकारको निर्णय

cabinet-pm-office-1
  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले यही फागुन २३ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।

साथै मन्त्रिपरिषद बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको संघीय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिए। यसअघि बसेको मन्त्रिपरिषद बैठकमा छलफल भए पनि मिति तय भएको थिएन।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो। यही फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्