कहिले बस्दैछ नेकपाको स्थायी र केन्द्रीय समिति बैठक ?

Madhab_prachanda_nekapa
  • 39
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक १९ फागुनमा बोलाउने निर्णय गरेको हो।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय गरिएको छ। ‘फागुन २१ गते बुधबार एकैदिन स्थायी र केन्द्रीय समिति बैठक बस्ने तय भएको छ,’ रिजालले भने, ‘बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।’

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल पार्टी केन्द्रीय कमिटीका बैठक बोलाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताए।

‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिकता सम्बन्धी हाम्रो जो दाबी छ, त्यसमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने। श्रेष्ठले मुख्य सचेतक परिवर्तन गरिएको हल्ला गरिएपनि त्यसको कुनै अर्थ र औचित्य नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्