रिपोर्टिङमा गएका पत्रकार पण्डित लडेर घाइते

pic
  • 11
    Shares
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, १७ फागुन। रेडियो नेपाल र नेपाल समाचारपत्र बाजुरा संवाददाता तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित लडेर घाइते भएका छन्। जिल्लाकै दुर्गम हिमाली गाउँपालिकाको वडा नम्बर १ घट्टेबगरमा रिर्पोटिङ्गका लागि जाँदा लडेर घाइते भएका हुन्।

पत्रकार पण्डितको टाउकोमा चोट लागेको लागोको छ। जिल्लाकै दुर्गम क्षेत्र मानिएको हिमाली गाउँपालिकाको रिर्पोटिङ्गका लागि निस्किएका पण्डित आइतबार घट्टेखोलामा रहेको जोखिम पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले बताए। पत्रकार पण्डितको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको जोशीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्