नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

  • 39
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ। कम्पनीले फागुन २७ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी नेशनल लाईफको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो। यो शेयरको न्यूनतम मूल्य ४९२ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ। विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यालयबाट पनि बोलपत्र बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्