नेपालकाे संविधानलाई अझै माैलिक बनाउन सकिन्छ : सभामुख सापकोटा

agni-sapkota
लोकपाटी न्यूज

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताएका छन्। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको दास्रो स्थापना दिवसको अवसरमा गरिएको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सोमबार सभामुख अग्नि सापकोटाले लोकतन्त्रको विकास गर्न नेपालको संविधानले सबै आयामलाई समेटेको बताएका हुन्।

उनले नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको बताउँदै संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताए। साथै उनले पुस ५ गते देखि नेपालको संविधानका विषयमा घनीभूत रुपमा बहस भएको बताउँदै नेपालको मौलिकतालाई आत्मसात गरेको संविधानलाई संशोधन गरेर भए पनि अझै मौलिक बनाउन सकिने बताए।

सभामुख सापकोटाले संसदको काम जनमुखी हुनुपर्ने बताउदै संसदले लोकतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क गरे।