आज देशभरको मौसम कस्तो रहला ?

mausama
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिए।

दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताए।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र पर्सि बिहीबारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने मौसमविद् मञ्जु बासीले बताए। मौसम खुल्न थालेसँगै देशभर गर्मी बढ्न थालेको छ।