नवलपरासीमा दुई ट्रक जुध्दा दुवै चालकको मृत्यु : सहचालक गम्भीर घाइते

truck-collide
  • 16
    Shares
लोकपाटी न्यूज

नवलपरासी। नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ। ना ७ ख ७०२३ र ना ६ ख ३०११ नं को ट्रक मध्यरात दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुबै ट्रकका सहचालक घाइते भएका छन्।

घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन्। उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्