सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

IPO
  • 23
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीको विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा सोमवार आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि निष्कासन गरेको १४ लाख ५० हजार कित्ता शेयर बाँडफाँड गरेको हो।

कम्पनीको शेयरमा १० देखि ४९० कित्तासम्म माग सबै आवेदकले माग अनुसार नै पाएका छन्। ५०० कित्तादेखि २ लाख कित्तासम्म माग गर्ने ५२३ आवेदक मध्येबाट गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ताका दरले शेयर वितरण गरिएको हो। यसअनुसार ५२३ जनाले अधिकतम ५०० कित्तासम्म शेयर पाएका छन्।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि १०० अंकित दरमा १४ करोड ५० लाख बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ माघ ४ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको हो।

कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो। कम्पनीको विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।